प्रज्जवल थापा । वरुन चक्रवर्तीको सनदार बलिङको मद्दतमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा कलकता नाइट राइडर्स विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा कलकताले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको हो ।
सेख जायद रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर कलकतालाई ब्याटिङको निम्तो दिएको थियो । कलकताले पूरा २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो । दिल्लीको लागि नितेश राना र सुनिल नरायणले सनदार ब्याटिङ गरे । नितेश रानाले ५३ बलमा १३ चौका र १ छक्काको मद्दतमा सार्वधिक ८१ रन जोडे । सुनिलले ३२ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६४ रन बनाए । यस्तै शुभ्मन गिलले ९, त्रिपाठीले १३, दिनेश कार्तिकले ३ र मोर्गानले १७ रन जोडे ।
दिल्लीको लागि नोर्तिजेले ४ ओभरमा २७ रन दिदैँ २ विकेट लिए । कगिसो रबडाले ४ ओभरमा ३३ रन दिएर २ विकेट लिदाँ स्टोनिसलेपनी २ विकेट लिए । १९५ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । दिल्लीको लागि कप्तान श्रेयस आयर र रिशव पन्तबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान श्रेयस आयरले ३८ बलमा ४७ रन बनाए । उनले ५ चौका प्रहार गरे । रिशव पन्तले ३३ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन जोडे । यस्तै शिमरन हेट्मायरले १० र रविचन्द्रन अश्विनले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
कलकताको लागि वरुन चक्रवर्तीले सनदार बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । प्याट कमिङ्सले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिदा लकि फेर्गुसनले ४ ओभर बलिङ गर्दै ३० रन दिएर १ विकेट लिए । जितसँगै कलकता ११ खेलमा ६ जित र ५ हारसहित १२ अङ्क जोड्दै चौथो स्थानमा यथावत छ। दिल्लीपनि ११ खेलमा ७ जित र ४ हारसहित १४ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।
