प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र चेल्सी भिड्दै

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज दुई ठुला क्लब म्यान्चेस्टर युनाइटेड र चेल्सी भिड्दै छन् । खेल नेपाली समयअनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेलमा दुवै टोली स्पस्ट जित निकाल्न चाहन्छन् । दुवै टोलीले लिगमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । युनाइटेड ४ खेलमा २ जित र २ हारसहित ६ अङ्क जोड्दै १५ औँ स्थानमा छ । चेल्सी ५ खेलमा २ जित, २ बराबरी र १ हारसहित ८ अङ्क जोड्दै लिगको आठौं स्थानमा छ । ट्रान्सफर बजारमा ठूलो रकम खर्च गरेको चेल्सीले आफ्नो लय समात्न सकिराखेको छैन ।

चेल्सी पछिल्लो खेलमा साउथ्याप्टनसँग ३-३ बराबरीमा रोकिएको थियो । म्यान्चेस्टर युनाइटेडले भने न्युकेस्चलमाथी ४-१ गोलको सनदार जित निकालेको थियो।

दुई टोलिबिचको पछिल्लो ३१ भेटमा युनाइटेडले १२ खेलमा जित दर्ता गरेको छ । चेल्सीले ११ खेल आफ्नो पोल्टामा पर्दा ८ खेल बराबरीमा सकिएको छ । प्रिमियर लिगमा भएको अन्तिम भेटमा युनाइटेडले चेल्सीलाई उसकै घरेलु मैदानमा २ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *