चेन्नाईको खराब प्रदर्शन जारी, मुम्बई १० विकेटले विजयी

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नाई सुपर किङ्सको खराब प्रदर्शन जारी रहेको छ । शुक्रबार राती भएको खेलमा चेन्नाई मुम्बई इन्डियन्ससँग १० विकेटले पराजित भएको हो ।

सरजाह क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित शर्मा बिना मैदान उत्रिएको मुम्बईले टस जितेर चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । चेन्नाईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो। खेलमा लज्जास्पद शुरूवात गरेको चेन्नाईले ३ रन जोड्दा ४ विकेट गुमाएको थियो । चेन्नाईको लागि साम कुरानले बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कुरानले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै महत्त्वपूर्ण ५२ रनको योगदार गरे । यस्तै कप्तान धोनीले १६, शार्धुल ठाकुरले ११ र इमरान ताहिरले १३ रन जोड्दा अन्य ब्याट्म्यानले दोहोरो अङ्क छुन सकेनन् ।

मुम्बईको लागि ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । जस्प्रित बुम्राले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिदा राहुल चहारले २ र नेथम कोउल्टर निलले एक विकेट लिए ।

११५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिना विकेटको क्षतिमा ११६ रन बनाएर भेट्टायो । मुम्बईको लागि ओपनर इसान किसानले ३७ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ६८ रन जोडे। अर्का ओपनर डि ककले ३७ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४६ रन जोड्दै मुम्बईलाई जित दिलाए ।

जितसँगै मुम्बई १० खेलमा ७ जित र ३ हार सहित १४ अङको साथ लिगको शिर्ष स्थानमा छ। चेन्नाई ११ खेलमा ३ जित र ८ हार सहित ६ अङ्क जोड्दै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *