चेन्नाईको फितलो ब्याटिङ प्रदर्शन, मुम्बईलाई ११५ रनको विजयी लक्ष्य

प्रज्जवल थापा

इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नाई सुपर किङ्सले मुम्बई इन्डियन्स विरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको छ ।

सरजाह क्रिकेट मैदानमा भएको खेलमा मुम्बईले टस जितेर चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । चेन्नाईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । खेलमा लज्जास्पद शुरूवात गरेको चेन्नाईले ३ रन जोड्दा ४ विकेट गुमाएको थियो । चेन्नाईको लागि साम कुरानले बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कुरानले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै महत्त्वपूर्ण ५२ रनको योगदार गरे । यस्तै कप्तान धोनीले १६, शार्धुल ठाकुरले ११ र इमरान ताहिरले १३ रन जोड्दा अन्य ब्याट्म्यानले दोहोरो अङ्क छुन सकेनन् ।

मुम्बईको लागि ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । जस्प्रित बुम्राले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिदा राहुल चहारले २ र नेथम कोउल्टर निलले एक विकेट लिए । यससँगै मुम्बईलाई जितको लागि १ सय २० बलमा १ सय १५ रन बनाउनुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *