युनाइटेडद्वारा पिएसजी पराजित

प्रज्जवल थापा । इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा युनाइटेडले लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) लाई २-१ गोल अन्तरले पराजित गर्यो ।

पेरिसमा भएको खेलमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले एक एक गोल गरे । पिएसजीले एक गोल उपहार पायो । खेलको २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । डियलोले मार्सियललाई पेनाल्टी क्षेत्रमा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

५५ औं मिनेटमा नेयमरले हानेको बल क्लियर गर्ने क्रममा मार्सियलले आफ्नै पोस्टमा गोल गरेपछि पिएसजीले खेलमा बराबरी गरेको थियो । तर ८७ मिनेटमा पाउल पोग्वाको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए। समुहकै आर्को खेलमा लिपजिगले इस्तानबुल बसाकसेइरलाई २-० गोलले पराजित गर्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *