गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज परीक्षण (डेमो) उडान हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलका लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो ।
कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो ।
२०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया अगाडि बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
