कोरोना संक्रमित चितवनका एक पुरुषको मृत्यु

काठमाडौं । चितवनको खैरहनीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का ४९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

असोज २८ गते कोरोना पुष्टि भई भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनको राति १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सर रोगको समेत उपचार गराइरहेका अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *