सहमतिबाट पॉच बर्षे स्थीर सरकार बनाउँ, हलो अड्काएर गोरू चुट्ने काम नगरौंः बाबुराम

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महत्त्वपूर्ण राष्ट्रिय मुद्दामामा सहमति कायम गरेर पॉच वर्ष स्थिर सरकार दिन राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम नगर्न आग्रह गरेका छन्।

उनले राज्यका सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थिरता नहुने र शान्तिरस्थिरता विना सुशासन र समृद्धि नहुने तर्क गरेका छन्।

‘राज्यमा सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थीरता हुन्नस शान्तिरस्थीरता विना सुशासन र समृद्धि हुन्न।अतःदलहरूले महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गरेर पॉच बर्ष स्थीर सरकार दिऊॅ।दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम नगरौं ! सबैले ममः भनौं!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *