सुपादेउराली दर्शन गरेर फर्किदै गरेको कार दुर्घटना, पाँच जना घाइते

काठमाडौं। अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *