चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

आईतबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *