काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् । हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् ।
मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।
उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् । खाँणनिकट स्रोतका अनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।