‘नो, नट अगेन’अभियान देउवालाई बढी खतरा !

काठमाडौं । स्वतन्त्र अभियन्ताहरूले चलाएको ‘नो नट अगेन’ सामाजिक सञ्जाल अभियानले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैभन्दा बढी खतरा हुने देखिएको छ ।

‘हाम्रा सभापति अनुभवी त हुनुहुन्छ, तर पाँ–पाँचपटक प्रधानमन्त्री हुँदा उल्लेख्य केही गर्न नसकेका व्यक्तिलाई छैटौंपटक जिताएर किन प्रधानमन्त्री बनाउने ?’ नेपाली कांग्रेसका एक केन्द्रीय नेताले भने– यस प्रश्नको सटिक जवाफ हामीसँग पनि छैन । नाम उल्लेख गर्न नचाहने उनले गगन थापाजस्तो अर्को युवा उम्मेदवारलाई प्रधानमन्त्री बनाउने गरी मत माग्न सकेको भए पार्टीले उच्च सफलता हासिल गर्ने विश्लेषण गरे ।

नागरिकस्तरमा नेताहरूप्रतिको वितृष्णा र लोकतान्त्रिक अभ्यासमा दुई पटकभन्दा बढी एउटै व्यक्ति सोही जिम्मेवारीमा बस्नु राम्रो नमानिने अन्र्तराष्ट्रिय प्रचलनलाई समेत हेर्दा देउवालाई सबैभन्दा बढी खतरा हुने उनको विश्लेषण थियो ।यद्यपि, २०४८ सालदेखि निरन्तर चुनाव लडेका र पटक–पटक लाभको पद लिएका नेताहरूलाई नै लक्षित गरेर युवाहरूले यो अभियान चलाएका हुन् ।

पछिल्लो समयमा पटक–पटक प्रधानमन्त्री र पार्टी नेतृत्वमा समेत बसिसकेका सबै पार्टीका शीर्ष नेताहरूलाई अभियानले पछ्याइरहेको छ । युवा अभियन्ताहरूले चलाएको फेरि नहो¥याऊँ अभियानले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूलाई हराउने रणनीति बनाएको अर्थ लगाउने गरिएको छ ।

सबैभन्दा बढी पदीय जिम्मेवारीमा रहेर देश र जनताका लागि नवीनतम सोच र आर्थिक सामाजिक एजेन्डा ल्याउन नसकेको भन्दै देउवाप्रति आम युवाहरूको समेत नकारात्मक छाप परेको छ । उनी पाँचौंपटक देशको प्रधानमन्त्री, पटक–पटक मन्त्री र दुईपटक देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सभापति भइसकेका छन् । अझै पनि नेतृत्व हस्तान्तरण अस्वीकार गर्ने देउवालाई यो निर्वाचनमै मतदाताले अस्वीकृत गर्नसक्ने खतरा बढेको अन्य नेताहरूको पनि बुझाइ छ ।

यही कारणले देउवाको गृह जिल्लामा समेत उनको विपक्षमा मतदान गर्नेहरूको हुल विस्तारै बढ्दै गएको डडेलधुराबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बताए । शीर्ष नेताहरूको फोटो नै राखेर अभियान चलाएपछि निर्वाचन आयोगले उक्त फेसबुक पेजलाई बन्द गर्न पत्र काटेको थियो । त्यसयता अभियान अझ सक्रिय भएको अभियन्ताहरूले जनाएका छन् ।

२०६२(०६३ पछि राजनीतिक परिवर्तन भए पनि शासनको चरित्र नबदलिएको भन्दै राजनीतिक लाभको पदमा सधैं बसिरहनेहरूले स्रोत–साधनको दुरूपयोग गरेर जसरी पनि चुनाव जित्नेगरेको भन्दै अभियन्ता नयाँ अनुहारको खोजीमा छन् । यसमा वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूले सबैभन्दा बढीस्रोत साधन दुरूपयोग गरेर चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूले व्यक्ति केन्द्रित प्रचारलाई जोडतोडका साथ उठाएर जनतामाझ भ्रम फैलाउने र फेरि पनि सत्ताकै हालिमुहाली गर्ने अभियानमा रहेकाले ती नेताहरूलाई बहिष्कार गर्नुपर्ने ‘नो, नट अगेन’ अभियानका अभियन्ताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *