कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सोमबार सुदूरपश्चिम प्रदेशसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिमका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, हिमाली भू–भागका थोरै स्थानहरुमा हिमपातको पनि सम्भावना रहेको छ। सुदूरपश्चिमसहित देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *