भारतले मिचेको भूमि एमालेले फिर्ता ल्याउँछः नारदमुनी राना

कैलाली । नेकपा (एमाले)बाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नारदमुनी रानाले एमालेको सरकारले मिचिएको भूमि फिर्ता ल्याउने बताएका छन्।

पूर्व मन्त्री एवंम् एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज समेत रहेका रानाले आज बिहान धनगढी उपमहागनरपालिका–७ को हिम्मतपुर शिविरमा आयोजित मतदाता भेटघाट भेटघाट कार्यक्रममा बोल्दै चुच्चे नक्सामा समेटिएको भूमि एमालेकै सरकारले फिर्ता ल्याउने दाबी गरे।

‘हाम्रो गुमेको भूमि समेटर चुच्चे नक्सा एमालेले ल्यायो। अब जमिन पनि फिर्ता ल्याउनुछ। त्यसका लागि एमालेलाई बहुमत दिनुस्, हामीलाई मंसिर ४ मा मत दिएर जिताउनुस्,’ रानाले भने। यस्तै उनले अदालतबाट बनेको अहिलेको परमादेशी सरकारले नागरिकता बेच्न काम गरेकाले गठबन्धनका उम्मेदवारलाई मत दिएमा राष्ट्रिय स्वाभिमान र राष्ट्रियता खतरामा पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *