समानुपातिक उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन आज नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेलगत्तै एमालेले बैठक बोलाएको हो ।

समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ प्रदेशमा पहिलो लोकिप्रय मत पाएको छ ।

आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *