काठमाडाैँ । शनिबार २ सय ३२ जना काेराेना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप २ सय ३२ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ ।
हालसम्म काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ६ हजार ४ सय १५ पुगेकाे छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।