आज प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

आज प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने आकलन गरिएको छ, भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *