नवौं राष्ट्रिय खेलकुदमा आज कुन खेल कहाँ हुँदै ?

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशालामा हुनेछ ।

यसैगरी, स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा रंगशाला कभर्डहल, पुरुष बास्केटबल पोखरा रंगशाला, ट्रयाथलन लेकसाइट पोखरा, बुद्धिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, जिम्न्यास्टिक पोखरा रंगशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, भारोत्तोलन उद्योग वाणिज्य संघ पोखरा, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरा, साइक्लिङ रानीबन पोखरा र रग्बी महिलारपुरुष भण्डारढिक खेलमैदान पोखरा र आर्चरी पोखरा रंगशालामा हुनेछ ।

यस्तै, महिला बास्केटबल तनहुँ, सेपाकताक्रो महिलारपुरुष नवलपुर कावासोती, सुटिङ काठमाडौं, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत र महिला हक्की गण्डकी बोर्डिङ स्कुलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *