बैंक डकैतीको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा बैंक डकैतीको आरोपमा त्यहाँको प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ । बैंकमा हतियारसहित गएर डकैती गरेको आरोपमा ३० वर्षीय सम्राट लामा पक्राउ परेका हुन् । लामालाई मेरिल्याण्डको गाइथेर्सबर्गस्थित वेल्स फार्गो बैंकबाट प्रहरीले पक्राउ गरेको हो ।

उनको नेपालको ठेगाना खुलेको छैन । उनलाई डकैती गर्दागर्दै पुगेको प्रहरीले पक्राउ गरेको हो । वेल्स फार्गो बैंकका कर्मचारीले नै डकैती हुँदै गरेको सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको मोन्टगोमेरी काउन्टीको पुलिस डिपार्टमेन्टले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

गएको मंगलबार स्थानीय समयअनुसार बिहान करीब १० बजे उनी वचत खाता खोल्ने भन्दै बैंक प्रवेश गरेका थिए । बैंकका कर्मचारीसँग कुराकानी गर्दागर्दै उनले चक्कु निकालेर तेस्र्याएका थिए । त्यसबीचमा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरिसकेका थिए । खबर पाएको दुई मिनेटमा नै पुगेका कर्मचारीले उनलाई बैंकबाट पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *