मकवानपुरमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट भीमफेदीतर्फ गइरहेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार, मृतकको हाल सनाखत हुन सकेको छैन । दुर्घटनामा परी सुमो चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य उपचार केन्द्र भीमफेदीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *