चेल्सीको सानदार जित

प्रज्जवल थापा। इङलिस प्रिनियर लिगमा चेल्सीले सनदार जित हात परेको छ। शनिवार भएको खेलमा चेल्सीले क्रिस्चल प्यालेसलाई ४(० गोल अन्तरले पराजित गरेको हो।
स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन जर्जिन्होले २, बेल चिलवेल र कुर्ट जोउमाले १–१ गोल गरे। खेलमा राम्रो पडक जमाएको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो। ५० औ मिनेटमा बेन चेलवेलले गोल गर्दै घरेलु टोलिलाई खेलमा अगाडी बढाएका थिए। ६६ औं मिनेटमा चिलवेलको पासमा हेडिङ गोल गर्दै कुर्ट जोउमाले चेल्सिलाई २–० को अग्रता दिलाएका थिए।
७६ औं मिनेटमा मिट्चेलले चेल्सीलाई ट्यामी अब्राहाममा पेनाल्टी बक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा जर्जिन्होले कुनै गल्ती नगरी गोल गरे। त्यस्को तिन मिनेटपछि फेरि चेल्सीले अर्को पेनाल्टी पायो। काई हाभर्टजलाई साखोले फल गरेपछि प्राप्त पेनाल्टीमा जर्जिन्होले पुनः गोल गर्दै चेल्सीलाई ४–० को जित सुनिश्चित गरे ।
जितसँगै चेल्सी ४ खेलमा २ जित र १ बराबरीसहित ७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *