प्रज्जवल थापा। हमेस रोड्रिग्वेजको दुई गोलको सहयोगमा एभर्टम विजयी भएको छ। शनिबार भएको खेलमा एभर्टनले ब्रिगटनलाई ४–२ गोल अन्तरले हराएको छ।
ग्वोडिसन पार्कमा भएको खेलमा एभर्टनलाई जित दिलाउन हमेस रोड्रिग्वेजले २ गोल गर्दा डोमिनिक कार्भेट लेविन र एरि मिनाले एक(एक गोल गरे।
खेलामा सुरुवाती अग्रता घरेलु टोलिले लिएको थियो। खेलको १६ औ मिनेटमा सिगुर्डस्नको पासमा कार्भेट लेविनले गोल गर्दै एभर्टनलाई खेलमा अगाडी बढाएका थिए।
४१ औं मिनेटमा ब्रिगटनका नेल मौपेलेगोल गर्दै पाहुना टोलिलाई बराबरीमा ल्याएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा हमेस रोड्रिग्वेजको पासमा एरि मिनाले गोल गर्दै फेरि एभर्टनलाई अगाडि बढाएका थिए।
दोस्रो हाफको ५२ औ मिनेटमा एलेक्स इवबिको पासमा रोड्रिग्वेजले गोल गर्दै एभर्टनलाई दुई गोलको अग्रता दिलाएका थिए। फेरि ७० औ मिनेटमा डौकरेको पासमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल परेपछि एभर्टन ४–१ गोलले अगाडी बढेको थियो। खेलको अतिरिक्त समयमा एव्स बिसौमाले गोल गर्दै ब्रिगटनलाई खेलमा फर्काउन खोजेका थिए तर निकै ढिलो भैसकेको थियो।
जितसँगै एभर्टन चार खेलमा सतप्रतिशत जित निकाल्दै १२ अङ्कसहित शीर्ष स्थानमा छ।
हमेस रोड्रिग्वेजको दुई गोलमा एभर्टन विजयी
