पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् भने तनहुँमा ९ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी पर्वतका तीन जना र बागलुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।
