प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार परीक्षणमा गरिएकोमा शनिबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले यसबीचमा आफ्नो सम्पर्कमा रहनुभएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *