नेपाल विद्यार्थी संघले लगायो त्रिविमा ताला

काठमाडौं । परीक्षामा लापरबाही गर्नेलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघलेले त्रिभुवन विश्वविद्यालयमा ताला लगाएको छ ।

नेपाल विद्यार्थी संघको अगुवाईमा विद्यार्थीहरुले त्रिविको रजिस्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएका हुन् ।

तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *