त्रिविको दीक्षान्त समारोह मंसिर २३ मा

काठमाडौ ।  त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ–आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिवि कार्यालयले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीका लागि सबैभन्दा अगाडिको पंक्तिमा बस्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *