कांग्रेसकाे जनप्रतिनिधि अभिमुखीकरण आजदेखि सुरू

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो। कार्यक्रम नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दै छन्।

सोमबार समापन हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले पनि प्रशिक्षण दिने छन्। कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख(उपप्रमुखसहित ७०० बढी सहभागी हुने कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *