लियो क्लब वालिङ सिटीद्वारा डुम्रेलाई छात्रवृत्ति प्रदान

वालिङ । लियो क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिका वडा नम्बर १४ निवासी तथा पुर्णमृत भवानी मावि कक्षा १२ मा अध्यनरत निकिता डुम्रेलाई राईट स्टेप एजुकेसन एकेडेमी र डब्लुआईसीको विशेष सहयोग १ वर्षे पीडीआईसी कम्प्युटर कोर्षको लागि छात्रवृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम, नेपाल चिफ डिपार्टमेन्ट लायन चेतनारायण श्रेष्ठले कार्यक्रममा बोल्दै प्राबिधिक कम्प्युटर शिक्षाको माग आजको बजारमा धेरै भएकोले लियो छात्रवृत्ति सार्थकता पाउने भन्ने बिश्वास लिएको बताउदै अन्य यस्तै रचनात्मक कार्यक्रम आगामी दिनमा पनि गर्न सुझाव समेत दिए । कार्यक्रममा रिजन चिफ लायन कविता भुसाल, राईट स्टेप एजुकेसन एकेडेमीका सिईअो दीपेन्द्र शर्मा , डब्लुआईसीका प्रमुख देबेन्द्र थापा, लियो जिल्ला परिषद ३२५ एम नेपालका सचीव लियो दिक्षान्त प्रताप खाँण , लियो क्लब वालिङ सिटीका प्रथम उपाध्यक्ष प्रज्ज्वल रनपाल, कोषाध्यक्ष सन्जोग थापा को उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता लियो सुमना लामिछानेले गरेका थिए । लियो हरी रेग्मीले लियो क्लब वालिङ सिटीले विगतका दिनमा पनि विभिन्न रचनात्मक कार्यक्रम गरेको र आगामी दिनमा पनि विद्यार्थी,युवा केन्द्रित कार्यक्रम गरिने कुरा व्यक्त गरेका थिए । कार्यक्रमको संचालन द्वितीय उपाध्यक्ष लियो हरि रेग्मी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *