दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद

वीरगन्ज (पर्सा) । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

आज पर्साको पकाहाँमैनपुर गाउँपालिका-५ सबैठवास्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरिबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गाईभैँसीको भुस राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाशचन्द्र भट्टले जानकारी दिए ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *