मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी, देशका अधिकांश भागमा बर्षा

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षासंगै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज प्रदेश नम्बर १, मधेस प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनसँगै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छः देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *