प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भार प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *