रामेछाप बस दुर्घटना, कम्तिमा नौ जनाको मृत्यु, २३ घाइते

काठमाडौं । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नम्बरको यात्रु बस रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएका रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको छ ।

उनका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *