काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको शनिवार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।
काठमाडौँबाट बिहान ९ बजे प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन्।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन्।
सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ। जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ।