बार्यन म्युनिखलाई सुपर कपको उपाधी

प्रज्जवल थापा

काठमाडौँ । युईएफए सुपर कपको उपाधी जर्मन क्लब बार्यन म्युनिखले जितेको छ। बिहीबार भएको फाइनलमा स्पेनिस क्लब सेभियालाई २-१ ले पराजित गरेको छ।

बिहिबार राती हंगेरीमा भएको फाइनलमा युरोपियन च्याम्पियनस लिग विजेता बार्यनले पछि परेको स्थिति उल्टाउदै उपाधी जितेको हो। बार्यनको जितमा गोरेट्जका र मार्टिनेजले गोल गरे।

इभान राकिटिकलाई बार्यनका अलाबाले पेनाल्टी क्षेत्रमा तानेपछी पाएको पेनाल्टिमा लुकास ओकस्पसाले गोल गर्दै सेभिल्लालाई १३ औं मिनेटमा खेलमा अग्रता दिलएका थिए। खेलको ३४ औ मिनेटमा लिओन गोरेट्जकाले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्यनलाई खेलका फर्काएका थिए।

दुवै टिमले पाएका अवसर उपयोग गर्न नसक्दा खेल अतिरिक्त समय थपिएको थियो। १०४ औ मिनेटमा मार्टिनेजले गोल गर्दै बार्यनलाई २-१ को अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलिले थप गोल गर्न नसक्दा बार्यन विजयी हुँदै उपाधी जितेको हो।

बार्यनले च्याम्पियनस लिग फाइनलमा पेरिज सेन्ट जर्मनलाई हराउदा सेभिल्लाले युरोपा लिगको फाइनमा इन्टर मिलानलाई हराउदै सुपर कप खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *