काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले एसपीपीका लागि कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी भोलिपल्ट पत्र सार्वजनिक भएको । बिहीबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्र नपठाएको बताएको थियो ।
तर बिहीबार तत्कालिन प्रधानसेनापनि राजेन्द्र क्षत्रीले तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदुत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।
सेनाले अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गरेको छैनः नेपाली सेना

