नेपाली सेना संलग्न हुने कुनैपनि साझेदारी अघि बढ्न सक्दैन, प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि नेपालले सम्झौता गर्न नसक्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै प्रस्ट पार्नुपर्ने माग गरेका हुन् । उनले नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा त्यस्तो कुनै सम्झौता अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्यौँ । यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो । तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन ।’

उनले नेपालले विकासका लागि सबै मित्रराष्ट्रहरूसँग मिलेर काम गर्नुपर्ने, तर उनीहरूले यो गर वा त्यो गर भनेको कुरा सुन्न नहुने बताए । उनले भने, ’यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । उनीहरुले यो गर, गर कभनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *