भारतमा धमाधम पक्राउ पर्दै चिनियाँ नागरिक

काठमाडौँ । नेपाल प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिक पक्राउ परेको दुई दिनमा अर्का एक चिनियाँ भारतमा पक्राउ परेका छन् ।

विना प्रवेशाज्ञा (भीसा) भारत बसेर नेपाल आउने क्रममा गत शनिबार भारतीय सीमा सुरक्षा बलले दुई चिनियाँ नागरिकलाई बिहारको नेपाल भारत सीमाक्षेत्र सितलमडीबाट पक्राउ गरेको थियो । ती दुई चिनियाँ नागरिकलाई १५ दिन नागाल्याण्डमा आफूसँगै राखेका अर्का एक चिनियाँ पुरुष सोमबार पक्राउ परेका हुन् ।

साेमबार पक्राउ परेका ३६ वर्षीय सु फैको दुई वर्षअगाडि नै भारतको भीसा सकिए पनि उनी एक स्थानीय महिलासँग गैरकानूनीरुपमा बस्दै आएका थिए । विगत तीन वर्षदेखि नागाल्याण्डको नोइडामा चिनियाँसँगै बस्दै आएकी ती स्थानीय महिलालाई पनि गौतम बुद्ध नगर प्रहरीले साेमबार नै पक्राउ गरेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । स्थानीय महिलाको नामबाट सुले दुई ठाउँमा मोबाइल पार्टस्सम्बन्धी पसल सञ्चालन गरिरहेका थिए ।

शनिबार पक्राउ परेका याङ् हाइ लाेङ्ग र लु लाङ्ग नाम गरेका दुईजनाले तिनै स्थानीय महिलाको नामबाट मोबाइल सीम निकालेका कारण उनीसमेत प्रहरीको फन्दामा परेकी थिइन् । उनीसँग बस्दै आएका सुले सन् २०२० मा भीसा सकिए पनि नक्कली कागजपत्र तयार पारी आफैले भीसा थपेको मिलेनियम पोष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *