कोरोनाका कारण साफ युथ च्याम्पियनसिप रद्द

प्रज्जवल थापा

तनहुँ । दक्षिण एसियायी फूटबल महासंघ (साफ)ले सन् २०२० का लागि तय गरिएका तीन वटा युथ च्याम्पियनसिप रद्द गरेको छ ।

साफले कोरोना भाइरसको महामारीका कारण सन् २०२० का लागि तय भएका साफ यु–१५ च्याम्पियनसिप, साफ यु–१५ वुमेन्स च्याम्पियनसिप र साफ यु–१८ च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको हो । साफले सदस्य राष्ट्रहरुसँग छलफल गरेर बुधबार यसबारे निर्णय गरेको एन्फाले जनाएको छ ।

साफले यसअघि साफ च्याम्पियनसिप २०२० पनि कोरोनाका कारण स्थगित गर्दै २०२१ मा गर्ने निर्णय गरिसकेको छ । दक्षिण एसियामा कोरोना भाइरस संक्रमण बढिरहेका कारण यो वर्ष कुनै पनि प्रतियोगिता नगर्ने साफले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *