बुद्ध एयरको जहाजमा पटक–पटक समस्या, आजफेरी भद्रपुर उडेको जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फिर्ता भएको छ । विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए ।

अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । विमानमा सवार यात्रुलाई अर्काे उडानमार्फत भद्रपुर पठाउने तयारी भईरहेको कार्यालयले जनाएको छ ।

सोमबार साँझ पनि काठमाडौंबाट भद्रपुर उड्न तयार भएको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको थियो। ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि उडान नम्बर ९०१ का यात्रुलाई पार्किङ वेमा फर्काएर झारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *