श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारले विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको थियो । राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्व राजदुत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *