कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु

कैलाली । कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ। नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

प्रारम्भिक गणनाअनुसार गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्। उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।

१०० मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, कांग्रेसका शेरबहादुर कठरियाले २५ मत पाएका छन्। उता जोशीपुर गाउँपालिकामा पनि गणना सुरु भएको तर, विवाद भएपछि रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *