सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा एमालेको अग्रता

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।

३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन्।

नेपाली कांग्रेसका निशान ढुंगेलले ६३ मत ल्याएर तेस्रो स्थानमा छन्। उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ।

एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएकी छन् भने राप्रपाका प्रविन शर्मा ढुंगेल ७० मत ल्याएर पछ्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *