प्रज्जल थापा
तनहुँ । स्पेनिस लिग ला लिगाको पहिलो खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा म्याड्रिड रियल सोसिसाडसित गोलरहित बराबरी खेल्यो ।
सोसिडाडको मैदानमा भएको खेलमा सुरुदेखी नै पकड जमाएको म्याड्रिडले गोल भने गर्न सकेन । ४२ औँ मिनेटमा इसाकले हानेको बल म्याड्रिडका किप्पर कर्टियसले राम्रो बचाउ गरे । ५५ औँ मिनेटमा कार्भाहालले हानेको बल रेमिरोले दोस्रो प्रयासमा बचाउ गरे । ६१ औँ मिनेटमा करिम बेन्जिमाले हानेको बल रेमिरोले बचाउ गर्दै टोलिलाई खेलमा जिवित राखेका थिए । ६७ औँ मिनेटमा टोनि क्रुसले हानेको बल रेमिरोले पन्च गर्दै बाहिर फाले ।
दुवै टोलीले पाएको अवसर गोलमा परिणत गर्न नसक्दा १–१ अङ्क बढ्न बाध्य भए । यस्तै लिगको अन्य खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई २–१ गोलले हरायो । यस्तै कार्डिज, ग्रानाडा र रियल बेटिसले पनि आफ्नो आफ्नो खेलना जित दर्ता गरे ।
