–प्रज्जवल थापा
तनहूँ । ह्युङ मिन सनको ह्याट्रिकको सहयोगमा टोटेन्हामले इङलिस प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । लिगअन्तर्गत् आइतबार भएको खेलमा टोटेन्हामले साउथह्याम्पटनलाई ५–२ गोलले पराजित गरेको छ ।
साउथह्याम्पटनको मैदानमा भएको खेलमा टोटेन्हामको लागि सनले चार गोल गर्दा केनले एक गोल थपे । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा टोटेन्हामले उत्कृष्ट खेल प्रस्तुत गर्दै ४ गोल थपेको थियो । दक्षिण कोरियाली फरवार्ड सनले एक्लैले चार गोल गर्दा सबै गोलमा इङ्ल्याण्डका फरवार्ड केनले एसिस्ट दिएका थिए । उनले अन्तिममा एक गोल पनि गरे ।

खेलमा साउथह्याम्प्टनले ३२औँ मिनेटमा ड्यानी इंग्सको गोलमा अग्रता लिएको थियो । पहिको हाफको अन्तिम समयमा ह्युङ मीन सनले गोल गर्दै टोटेन्हामलाई खेलमा फर्काएका थिए । फेरि सनले ४७ औँ मिनेटमा गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडि बढाएका थिए । सनले ६४ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । खेलको ७३ औँ मिनेटमा सनले व्यक्तिगत चौँथो गोल गर्दा टोटेन्हाम ४ गोलले अगाडि बढेको थियो । ८२ औँ मिनेटमा सनको गोलमा ४ एसिस्ट दिएका केनले पनि गोल गरे ।
इन्जुरी समयमा ड्यानि इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई ५–२ को स्थितिम ल्याएका थिए । तर उनको गोल सान्तवनामा सिमित रह्यो । जितसँगै टोटेन्हामले लिगमा पहिलो जित दर्ता गर्दा साउथह्याम्पटन लगातार दोस्रो खेलमा पराजित भएको छ ।
