चुनावी प्रचारका क्रममा केशव स्थापित र बालेनको जम्काभेट

काठमाडौं। मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा आज विहान सिनामंगलमा भेट भएको हो ।

अचानकको भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरेका छन् । भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।

केशव स्थापितसँगकाे अन्तरवार्ताकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *