सुर्खेत, बैशाख २५ । सुर्खेतको चौकुने गाउँपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार गंगाबहादुर बिक एमाले प्रवेश गरेका छन् ।
एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरेको धोषणा गरि नेकपा एमालेमा प्रवेश गरेको जनाएका छन्।
उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् । उनले एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।