काठमाडौँ । ललितपुरको धापाखेलमा पहिरोले एउटा पक्की घर ढलेको छ । सोमबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका महानगर प्रहरी बलले जानकारी दिएका छन् ।
जोखिम रहेकाले घर खाली गर्न आइतबार नै आग्रह गरेकाले मानवीय क्षति भने नभएको बताइएको छ ।
