निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा रोक

बैतडी। निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *