तेल ट्यांकर त्रिशूली नदीमा खसेर दुर्घटना

धादिङ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीमा पेट्रोल बोक्ने ट्यांकर शनिबार मध्यराति त्रिशूली नदीमा खसेको छ । अमलेखगञ्जबाट काठमाडौं गइरहेको ट्यांकर खसेपछि आगलागी समेत भएको छ ।

पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *