काठमाडौँ । मंगलबार एकैदिन ३ सय १६ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार थप ३ सय १६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३ हजार १ सय ९४ पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।